काठमाडौं ३ मंसिर ।
यति हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै शेर्पाले फ्रेण्ड्ससँगको फाइनलमा भेट पक्का गरेको हो ।
अब, हिमालयन शेर्पाले उपाधिका लागि फ्रेण्ड्ससँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । फ्रेण्डस सिएमजी क्लब संकटालाई १–० ले नै पराजित गर्दै फाइनमा पुगेको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख तथा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline