एसीसी यु – १९ एसिया कप क्रिकेटमा सेमीफाइनल मै टुंगियो नेपालको यात्रा

एसीसी यु – १९ एसिया कप क्रिकेटमा सेमीफाइनल मै टुंगियो नेपालको यात्रा

  • शुक्रबार, मंसिर १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, मंसिर १ ।

मलेसियामा जारी एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको यात्रा सेमीफाईनलमै टुंगिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तान संग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ४ रनको सामान्य लक्ष्य फगानिस्तानले २१ औं ओभरमा ३ विकेट गुमाएर पुरा र्गरेको हो ।

अफगानिस्तनका रहमानुल्लाह गुर्बाजले सर्वा्धिक ७१ रन जोडेका थिए भने बलिङतफर्ए नेपालका कमल सिंह ऐरी, पवन शराफ र सन्दिप लामिछानेले एक एक विकेट झारेका थिए ।

यसअघि, आज बिहान टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुनुपूर्व १ सय ३ रन मात्रै जोडेको थियो ।

नेपालका अनिल कुमार साहले ५० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको योगफल भेट्न सकेनन् । नेपालले अन्तिम १८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको हो ।

नेपालको ईनिङ ध्वस्त पार्नेक्रममा अफगानिस्तान मजिबर रहमान एक्लैले ६ विकेट लिएका थिए । आजको जितसँगै अफगानिस्तानले पाकिस्तान विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ