तुलसीको पानी पिउनुहाेस् , हुनेछ चमत्कारी फाइदा

तुलसीको पानी पिउनुहाेस् , हुनेछ चमत्कारी फाइदा

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

आयुर्वेदमा तुलसी स्वास्थ्यको लागि वरदान मानिन्छ । यसको जरा देखि बीउ सम्मको प्रयोग अलग-अलग रोगहरूको उपचारमा गरिन्छ । तुलसीमा पाईने एन्टीअक्सीडेन्ट्स जस्ता न्यूट्रीएन्ट्सले कयौँ स्वास्थ्य समस्याबाट बचाउँछ । यसकारण आज यहाँ तुलसीको पानीको ५ फाइदाको बारेमा चर्चा गरिएको छ, जुन यस्ता छन् ।

तुलसी पानी कसरी तयार गर्ने ?

एक गिलास पानीमा तुलसीको तीन-चार पातलाई मिलाएर राख्नुहोस् । यस पानीलाई बिहान छानेर पिउनुहोस् । जो मानिसहरूलाई रुघाखोकीको समस्याले पटक-पटक सताउँछ, उनीहरूले यस पानीलाई उमालेर पिउँदा अझ उपयोगी मानिन्छ ।

तुलसीको प्रयोगले तयार हुने यी चीज पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

तुलसीको चिया- यसले ज्वरो, मलेरिया र डेंगुको असर कम हुन्छ ।

तुलसीको दूध- रुघाखोकी र पेटको समस्याबाट बचाउन तुलसीको दूध निकै लाभदायक हुन्छ । जो मानिसलाई राती निन्द्रा नलाग्ने समस्या हुन्छ, उनीहरूले यसलाई पिउनु फाइदाजनक हुन्छ ।

तुलसीको जूस- तुलसीको पातलाई पिसेर यसको जूस तयार हुन्छ । यसलाई पिउँदा कफको समस्याबाट छुटकारा मिल्छ ।

तुलसी पानीको ५ फाइदा-

१-यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ । यसले जोर्नी दुख्ने समस्याबाट आराम दिन्छ ।

२-यसले शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसले मृगौला र कलेजोको समस्याबाट बचाउँछ ।

३-यसले शरीरमा एसिडको लेभल सन्तुलित राख्छ । यसले एसिडिटी जस्ता पेटको समस्याबाट बचाउँछ ।

४-यसलाई पिउँदा ब्लड शुगर लेभल नियन्त्रण रहन्छ । यसले डायबिटीजको खतराबाट जोगाउँछ ।

५-यसमा पाईने फाइटोकेमिकल्स क्यान्सरबाट बचाउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी