पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले अफगानिस्तानसँग भिड्ने : रच्ला ईतिहास ?

पहिलो पटक सेमिफाइनलमा पुगेको नेपालले अफगानिस्तानसँग भिड्ने : रच्ला ईतिहास ?

  • बिहिबार, कार्तिक ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, ३० कात्तिक ।
एसिसी उन्नाइस वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ ।

मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोली अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न नसकेका टिम भएकाले उनीहरुका लागी नयाँ इतिहास रच्ने मौका हुनेछ ।

समूह ‘ए’ मा रहेको बंगालादेशले सोही समूहको भारतलाई आठ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । नेपालले बंगलादेशसँगको पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने भारतलाई १९ रन तथा आयोजक मलेसियालाई आठ विकेट पराजित गरेको थियो ।

यु–१९ उमेर समूहको एशिया कपमा तीनपटक च्याम्पियन बनेको भारत लगातार दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने आयोजक मलेसिया पनि प्रतियोगिताबाट बाहिरियो ।
त्यसैगरी समूह ‘बी’मा रहेका पाकिस्तान र अफगानिस्तानले सेमिफाइनलको यात्रा तय गरे भने श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताबाट बाहिरिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ