विश्वकप फुबटलका लागि छनियो डेनमार्क, ३२ मध्ये ३० टोलीको टुंगो लाग्यो

विश्वकप फुबटलका लागि छनियो डेनमार्क, ३२ मध्ये ३० टोलीको टुंगो लाग्यो

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, कात्तिक २९ । रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डलाई ५ १ ले हरायो ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले हिजो आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५(१ को जित निकालेको हो ।

खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । यो खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।

विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् ।

पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसको टिकट काट्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ