मलेसिया माथि नेपालको सानदार जित ,मलेसिया ८ विकेटले पराजित

मलेसिया माथि नेपालको सानदार जित ,मलेसिया ८ विकेटले पराजित

  • मङ्लबार, कार्तिक २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, कात्तिक २८ ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियाबिरुद्ध सानदार जित निकालेको छ ।

मलेसियाको क्वालाम्पुरमा वर्षा भएपछि २४ ओभरमा घटाईएको खेलमा नेपालले मलेसिायालाई ८ विकेटले पराजित गर्यो ।  नेपालले पाएको ४६ रनको सामान्य लक्ष्य ५ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा अनिल साहको अविजित २६ रन महत्वपूर्ण रह्यो । १५ बल सामना गरेका साहले ३ छक्का र एक चौका प्रहार गरे । यसैगरी १२ रन जोडेका कप्तान दिपेन्द्र सिंह ऐरीले दुई छक्का प्रहार गरे ।

वर्षाले झण्डै ५ घण्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले व्याटिङ गरेको थियो ।

१५ ओभर ३ बल मात्रै क्रिजमा टिकेको मलेसियालाई ४५ रनमै समेट्न नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए । यसैगरी शहाब आलम र दिपेन्द्र सिंह ऐरीले २र२ विकेट झारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ