विश्वकपमा स्विट्जरल्याण्ड र क्रोएशिया छनोट हुने संभावना बलियो

विश्वकपमा स्विट्जरल्याण्ड र क्रोएशिया छनोट हुने संभावना बलियो

  • शुक्रबार, कार्तिक २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, कात्तिक २४ । स्विट्जरल्याण्ड र क्रोएशियाले अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने संभावना बलियो पारेका छन् ।

यूरोपेली समुहको प्ले अफ्अन्तर्गत बिहीबार राती भएका पहिलो लेगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् ।

प्ले अफ् पहिलो लेगको खेलमा क्रोएशियाले ग्रिसलाई ४-१ ले हरायो । क्रोएशियाका लागि लुका मोड्रिच, निकोला कालिनिच, इभाँ पेरिसिच र आन्द्रे क्रामारिचले एक एक गोल गरे ।

प्ले अफ् कै अर्को खेलमा स्विट्जरल्याण्डले नर्दन आयरल्याण्डलाई १-० ले हरायो ।

नर्दन आयरल्याण्डलाई उसैको मैदानमा पराजित गर्न स्विटजरल्याण्डका रिकार्डो रोड्रिग्वेजले ५८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

युरोपेली समुहको अर्को प्ले अफ् खेल आज राती दुई बलिया टोली ईटाली र स्विडेनबिच हुनेछ । यसैगरी युरोपबाट डेनमार्क र आयरल्याण्डले पनि प्ले अफ् खेल खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ