यस्ता छन् मेथीका चमत्कारी फाइदा

यस्ता छन् मेथीका चमत्कारी फाइदा

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

१-कब्जियत र ग्यास्ट्रिकको समस्याले अधिकांश मानिस पीडित रहेका हुन्छन् । मेथीको हरियो सब्जीको सेवनले पाचन तन्त्र सन्तुलित रूपमा कार्य गर्छ र कब्जियत र ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्छ ।

२-मेथीको सेवनले जोर्नी दुख्ने समस्याबाट आराम दिलाउँछ । यसको बियाँ वा पात दुवै जोर्नीको दुखाईमा समान रूपमा फाइदाजनक हुन्छ ।

३-मेथीको पात पनि कपालको लागि निकै लाभकारी सावित हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चम्किलो हुन्छ र साथै कपाल झर्ने समस्या पनि कम हुन्छ ।

४-पेटमा किरा हुँदा मेथी एक प्रभावकारी उपचार हो । अधिकांश बच्चामा यो समस्या हुन्छ । यस्तो अवस्थामा मेथीको पातको रस निकालेर बच्चालाई एक चम्मच प्रतिदिन खुवाउँदा लाभ मिल्छ ।

५-यसलाई प्रतिदिन कुनै न कुनै रूपमा सेवन गर्दा चिसो लाग्ने समस्याबाट बचाउँछ र यस मौसमको सामान्य स्वास्थ्य समस्याहरूबाट बचाउँछ ।

६-मधुमेह रोगीको लागि मेथीको सेवन अत्यधिक फाइदाजनक हुन्छ । यदि तपाई चाहनुहुन्छ भने प्रतिदिन मेथीको पातको रस निकालेर पिउनुहोस् । यसबाट उच्च ग्लूकोजको मात्रा नियन्त्रण हुन्छ ।

७-अनुहारको सुन्दरता बढाउनको लागि पनि यसको गुण कम छैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमक आउनुको साथै कसिलोपन आउँछ । यसको साथै रुखो त्वचाको लागि पनि निकै लाभदायक हुन्छ किनकि यसले त्वचामा नरमपन प्रदान गर्छ ।

८-मेथीको हरियो पातको सब्जीमा प्याज मिलाएर खाँदा रक्तचापको समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

९-मेथीको सब्जीको सेवन गर्दा मुटु सम्बन्धि रोगलाई मुक्ति दिलाउन मद्दत गर्छ । यसले हृदयघात हुनसक्ने सम्भावना कम गर्छ र मुटुलाई स्वस्थ राख्छ ।

१०-मेथीको सब्जीको प्रतिदिन सेवन या मेथीदानाको पाउडर प्रतिदिन खाँदा वजन नियन्त्रित रहन्छ र बोसोको मात्रा बिस्तारै-बिस्तारै कम हुन्छ । यस किसिमले तपाई आफ्नो वजन पनि कम गर्न सक्नुहुन्छ ।

११-यदि पटक-पटक पिसाब लाग्ने समस्या छ भने मेथीको पातको रसको सेवनले फाइदा पुर्याउन सक्छ । यसको दिनहुँ सेवन गर्दा सम्पूर्ण समस्या पूर्ण रूपमा कम हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी