जाडो मौसममा त्वचा सुख्खा हुने समस्या छ ? अपनाउनुहोस् यी उपाय

जाडो मौसममा त्वचा सुख्खा हुने समस्या छ ? अपनाउनुहोस् यी उपाय

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

जाडो मौसममा त्वचा सुख्खा हुने समस्या बढ्छ । यस अवस्थामा त्वचामा रेशेज, चिलाउने जस्ता समस्याले ग्रसित बनाउँछ र अनुहारको चमक फिक्का हुन्छ । यस समस्याबाट मुक्ति पाउनका लागि घरमै केही उपाय उपलब्ध छन् । यदि यिनको सही तरिकाले प्रयोग गरियो भने सुख्खा त्वचाको समस्यालाई नियन्त्रण गर्न सकिन्छ । ब्यूटी एक्सपर्ट्सका अनुसार जाडो मौसममा त्वचाको समस्यालाई कम गर्ने यस्तै एक महत्वपूर्ण उपाय छन्, जसको प्रयोग विधि यस्तो छ ।

स्टेप-१

बदामको ८-१० दानालाई पानीमा रातभरी भिजाएर राख्नुहोस् ।

स्टेप-२

बिहान भिजाएको बदामलाई पिसेर पेस्ट बनाउनुहोस् ।

स्टेप-३

बदामको पेस्टमा २-३ चम्मच दूध मिक्स गर्नुहोस् ।

स्टेप-४

तयार गरिएको पेस्टलाई कुनै बोतलमा राख्नुहोस् ।

स्टेप-५

यस पेस्टलाई दिनहुँ बिहान-साँझ अनुहार र हातमा लगाउनुहोस् । त्वचाको सुख्खापन कम हुन्छ ।

अन्य उपाय

दूध- आधा कप चिसो दूधमा जैतुनको तेलको केही थोपा हाल्नुहोस् । यसलाई कटनको सहायताले सुख्खा त्वचामा लगाउनुहोस् ।

तेलले मसाज- एक चम्मा तिलको तेलमा थोरै दूधको मिक्स गर्नुहोस् । यसले सुख्खा त्वचामा २० मिनेट सम्म मसाज गर्नुहोस् ।

गाँजर- यसमा भिटामिन A, B, C, क्याल्शियम र पेक्टिन फाइबर हुन्छ । नियमित एक गिलास गाँजरको जूस सेवन गर्दा सुख्खा त्वचाको समस्या कम हुन्छ ।

मेवा- यसमा भिटामिन C, A, E, र एन्टीअक्सीडेन्ट हुन्छ, जसले त्वचालाई स्वस्थ राख्छ । मेवाको जूस नियमित रूपमा सेवन गर्दा त्वचाको सुख्खापन कम हुन्छ ।

सोयाबीन- यसमा भिटामिन C, र जिंक भरिपूर्ण मात्रामा पाईन्छ । सोयाबीनको जूस पिउँदा त्वचाको सुख्खापन, डन्डीफोर र स्किन इन्फेक्शनको समस्याबाट छुटकारा मिल्छ ।

चुकुन्दर- चुकुन्दरमा भिटामिन्स, सोडियम, पोटाशियम, फोस्फोरस, क्लोरीन, आयोडिन र आयरन प्रयाप्त मात्रामा पाईन्छ । यसलाई दिनहुँ पिउँदा त्वचा स्वस्थ रहन्छ र त्वचाको सुख्खापन कम हुन्छ ।

स्याउ- यसमा भिटामिन A, B, C, बीटा केरोटिन र एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । नियमित एक गिलास स्याउको जूस पिउँदा त्वचाको सुख्खापन कम हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी