आत्मानन्द रनिङ गोल्डकपको १० औ संस्करण मंसिर ९ गतेबाट हुने

आत्मानन्द रनिङ गोल्डकपको १० औ संस्करण मंसिर ९ गतेबाट हुने

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

इलाम,२२ कात्तिक ।

इलामको माङ्सेबुङ गाउपालिका–५ लारुम्बामा आत्मानन्द लिङदेन रनिङ गोल्ड कप को १० औ संस्करण खेलकुद प्रतियोगिता मंसिर ९ गतेबाट हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६४ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा फूटबलसहित विभिन्न खेलकुद प्रतियोगिताको बिषयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आयोजक समितिका अध्यक्ष मनकुमार आङवुहाङले धर्मगुरु लिङदेनको जन्मोत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रमको तयारी सुरु भएको बताए । माङसेवुङ खेल मैदानमा हुने गोल्डकपमा फूटबल, म्याराथुन, लगायतको खेल हुने छ ।

फूटबल प्रतियोगितामा पूर्वका सप्तकोशी फुटबल क्लब सुनसरी, रेह हर्ष इलाम, लेटाङ फुटबल क्लब मोरङ, एएफसी अर्जुधारा झापा, सगरमाथा फुटबल क्लब मोरङ सहभागी हुने भएका छन । त्यसैगरी विभागीय टिम शसस्त्र प्रहरीको एपिएफ झापा, सर्वोत्तमुखी यासोक पाँचथर, र विविएफसी दमक सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगीतामा विजेता टिमलाई नगद एक लाख ५ हजार ६४ रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ७५ हजार ६४ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आङबुहाङले बताए । किरात साम्यो हक्चात यक्चुम मुख्य संयोजन र फाल्गुनन्द स्मृती युवा क्लबको सहसंयोजन रहेको उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । २०६५ सालबाट निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ ।

गत संस्करणमा यासोक फुटबल क्लब बिजेता बन्दै नगद १ लाख १ हजार १ र उपविजेता महमाई फुटबल क्लबले ७५ हजार १०१ रुपैया प्राप्त गरेको आयोजक समितीका उपाध्यक्ष मनोज शिवाकोटीले जानकारी दिए । १० औ संस्करणको पहिलो खेलमा सप्तकोशी फुटबल क्लब सुनसरीले रेडहर्स इलामको सामना गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ