५०औँ राष्ट्रिय कराते च्याम्पियनसिप बुधबारदेखि हुने

५०औँ राष्ट्रिय कराते च्याम्पियनसिप बुधबारदेखि हुने

  • सोमवार, कार्तिक २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं २० कात्तिक

नेपाल कराते महासंघको आयोजनामा हुने ५० औ राष्ट्रिय कराते च्याम्पियनसिप यही बुधबार देखि शुक्रबारसम्म हुने भएको छ ।

यसअघि बिहिबारदेखि हुने तय भएपनि प्राविधिक कारणले गर्दा प्रतियोगिता एक दिन अगाडी सारिएको आयोजकले जनाएको छ ।

जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकलाई मध्यनजर गर्दै खेलाडी तयार पार्ने उदेश्यले च्याम्पियसिप गर्न लागिएको हो ।

च्याम्पियनसिपमा पाँच विकास क्षेत्र र ३ विभानगीय गरी ७ टिमका १ सय ८४ खेलाडीले सहभागिता जनाउनेछन् । तीन दिनसम्म चल्ने च्याम्पियनसिपमा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार महिलामा ७ तथा पुरुषमा ८ तौल समूहमा प्रतिस्पर्धा गराइनेछ ।

च्याम्पियनसिपबाट उत्कृष्ट २३ खेलाडी राष्ट्रिरय टिमका लागि छनोट गरिने प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

कूल २९ लाख खर्च हुने च्याम्पियनसिपको मुख्य प्रायोजकमा ललितपुर मंगलबजारस्थित सम्झना ल्याब्रोटोरी रहेको छ । ल्यमब्रोटोरीले प्रतियोगिताको लागि नगद ८ लाख तथा अन्य विभिन्न सेवा सुविधा गरी कूल १५ लाख बराबरको सहयोग गर्नेछ ।

यस्तै सन् २०१८ मा आयोजना हुने एसियन गेम्समा नेपालका २३ कराते खेलाडीको सम्झना ल्याब्रोटोरीले निस्शूल्क ल्या टेस्ट समेत गराउने जनाएको छ ।

राखेप च्याम्पियनसिप अन्तर्गत हुने कराते च्याम्पियनसिपका खेलहरु राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ