पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालको लगातार तेस्रो हार

पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालको लगातार तेस्रो हार

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, कात्तिक १८ ।
कीर्गिस्तानमा जारी एएफसी यु–१९ छनोट च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । बिस्केकको मैदानमा भएको आज(शनिवार)नेपाल तेस्रो खेलमा युएईसँग १–० को हार व्यहोर्न बाध्य भएको हो ।

यसअघि भएको पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले तथा दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको थियो ।

युएईविरुद्धको खेलको अन्तिम समयमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न नसकेपछि नेपालले हारको सामना गर्नुपरेको हो ।

अभिषेक रिजालले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न नसक्दा नेपालले बराबरी गर्ने सुन्दर अवसर खेरफालेको थियो ।

यसअघि, ७१ मिनेटसम्म गोल नखाएको नेपालले ७२औं मिनेटमा गोल खाँदै पराजय व्यहोरेको हो ।

कप्तान अर्पण कार्की हटाइएपछि कप्तानी सम्हालेका गोलकिपर सोजित गुरुङले युएईका गोल गर्ने आधादर्जन अवसरलाई निस्तेज पारेका थिए ।

नेपालले अब समूहको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ