एसियाकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल पराजित

एसियाकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल पराजित

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं ,१६ कार्तिक ।
एसीसी अण्डर १९ एसियाकप क्रिकेटको तयारीका क्रममा बंगलादेशमा रहेको नेपाली किशोर टोली पहिलो अभ्यास खेलमा बंगलादेशसँग ३ विकेटले पराजित भएको छ ।

ढाकास्थित बीकेएसपी मैदानमा आज भएको खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाली टोली बंगलादेशको अण्डर १९ टोलीसँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो । उसको जितमा नइम शेखले ५३ र तौहिद रिड्लीले ४८ रनको योगदान गरे । सन्दीप लामिछानेले ४ तथा पवन सरार्फ र सहाब आलमले समान एक विकेट लिएपनि बंगलादेशलाई सस्तैमा समेट्न भने सकेनन् ।

यसअघि टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेपछि व्याटिङ्ग गरेको नेपालले पुरा ओभर खेल्दै. ९ विकेटको क्षतिमा १ सय ५३.रन बनाएको हो ।

नेपालका लागी आसिफ शेखले सर्वा्धिक ३२ र भीम सार्किले २८ बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य हुन सकेन । कप्तान दिपेन्द्र सिंह ऐरी १६, कमल सिंह ऐरी १७, अनिलकुमार साह १८ र पवन सरार्फ १९ रनमा आउट भए । नेपाली ईनिङ्गस् धरासायी पार्न बंगलादेशका काजी अनिक ईश्लाम र हसन महमुदले समान ३ विकेट लिए ।

नोभेम्बर ११ देखी २० सम्म मलेसियामा हुने प्रतियोगीताको तयारीका लागी साताब्यापी अभ्यास खेल्न नेपाली टोली बंगलादेश गएको हो ।

बंगलादेश भ्रमणका क्रममा नेपालले ३ म्याचको मैत्रीपुर्ण वान डे सिरिज खेल्नेछ । एसिया कप क्रिकेटको समुह एमा रहेको नेपालले बंगलादेश, भारत र आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ