यु–१८ राष्ट्रिय भलिबल प्रतियोगितामा थ्री स्टार र ग्लासियर क्लब क्वाटरफाइनलमा

यु–१८ राष्ट्रिय भलिबल प्रतियोगितामा थ्री स्टार र ग्लासियर क्लब क्वाटरफाइनलमा

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं १५ कात्तिक ।

थ्री स्टार एकेडेमी र ग्यासियर कलेज प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बुधवार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँबसपार्क्स्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको प्रिक्वाटरफाइनल खेलमा बुढानिलकण्ठको थ्री स्टारले झापा विद्यालय भलिबल कमिसनलाई २५–२१,२५–१५ को सोझो सेटमा हरायो। त्यस्तै कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१०, ३१–२९ को सेटमा हराउँदै अन्तिम आठको यात्रा सुनिश्चित र्गयो ।

पुरुषतर्फनै नुवाकोटको बुङताङ भलिबल टिम र सेक्रेडहार्ट पनि जित हात पार्दै क्वा६रफाइनलमा प्रवेश गरेका छन् ।

बुङताङले धनुषाको बिनायक स्कुललाई २५–९, २५–१५ को सोझो सेटमा हराउँदा सेक्रेडहार्टले मोरङ विद्यालय भलिबल कमिसनलाई २५–१५, २५–१६ ले पराजित र्गयो ।

अब क्वाटरफाइनल खेलमा सेक्रेडहार्टले थ्रि स्टारको सामना गर्ने छ भने बुङताङले ग्लासियरसंग खेल्नेछ ।

यस्तै,
महिलातर्फ नैकापको शिवम् न्यूडायमण्ड एकेडेमी र चितवनको मेर्धाली स्पोर्टस् एण्ड एजुकेशन क्लबले क्वाटरफाइनलमा भेट पक्का गरेका छन् ।

न्यूडायमण्डले प्रिक्वाटरफाइनलमा थ्री स्टार एकेडेमीलाई २–० को सोझो सेटमा हरायो। न्यू डायमण्डले थ्री स्टार माथी २५–४, २५–८ को सहज जित निकालेको थियो ।

यता मेधौली स्पोर्टसले वाक ओभर पाएपछि क्वाटरफाइनलमा प्रवेश पाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ