स्वास गनाउछ ?एस्तो छ यसबाट छुट्कारा पाउने उपाय

स्वास गनाउछ ?एस्तो छ यसबाट छुट्कारा पाउने उपाय

  • बुधबार, कार्तिक १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

खाना–  प्याज, लसुन, चिज, अम्लयुक्त खानेकुरा, कफि आदिको सेवनले पनि अस्थायी रुपमा मुख गन्हाउने गर्छ । यस बाहेक विभिन्न खानेकुराहरु दाँतमा अड्किने हुँदा मुखमै रहन्छन् । जसले सुक्ष्म जिवाणु अनुकुल वातावरण सिर्जना हुन्छ र मुखलाई हानी पुर्याउनुका साथै गन्हाउने समस्या निम्त्याउँछ ।
सूर्तिजन्य पदार्थको सेवन– चुरोट, खैनी बिंडी, पान, गुट्खा लगायतका सूर्तिजन्य पदार्थको सेवन गर्नाले पनि श्वास गन्हाउने सामस्या आउन जान्छ । यसका साथसाथै यी पदार्थले विभिन्न रोग निम्त्याउने गर्छन्  ।  गिजाका रोगहरु, मुखको क्यान्सर आदिका कारण पनि मुखबाट नराम्रो गन्ध आउने गर्छ ।

मुख स्वास्थ्यमा ध्यान नदिनाले– जो मनिस नियमित रुपमा दाँत माझ्दैन, विशेष गरी दुई दाँत बिचको फोहोर सफा गर्न बनाइएको रेशमको काँचो धागोको प्रयोग गर्दैन, मुख कुल्ला गर्दैन र जसको मुखमा दन्तलेउ र दन्तपत्थर जम्मा हुन थाल्छ । यस्तो अवस्थामा श्वास गन्हाउने समस्या बढी हुन्छ ।

अन्य रोगहरु–  पिनाशको रोग, निमोनिया, गलाको संक्रमण, डायबिटिज, पेटका रोगहरु, कलेजोका रोगहरु, मृगौलाका रोगहरु आदि भएको अवस्थामा पनि मुख गन्हाउने समस्या देखिने गरेको पाइन्छ ।

मुख सुक्खा हुने अवस्था– मुखमा र्यालको ग्रन्थिबाट र्यालको मात्रामा कमी भएपछी मुख सुक्खा गर्छ । यस्तो अवस्थामा छिन–छिनमा पानी तिर्खा लाग्ने, घाँटी सुक्खा भएको महसुश हुने, नाक सुक्खा हुने गर्छ । साथसाथै सुक्खा मुख भएका मानिसलाई श्वास गन्हाउने समस्याले पनि सताउने गर्छ ।

गर्भावस्थामा– गर्भवती हुनाले नै मुख गन्हाउने भने होइन तर यस कारण वाकवाकी लाग्ने, उल्टी हुने, शरिरमा पानीको मात्रा कम हुने, शरिरभित्रको रसायनिक तत्व वा हार्मोनको कारणले गर्दा श्वास गन्हाउने गर्छ ।

यी समस्याबाट छुट्कारा पाउन के गर्ने त ?

दिनमा दुईचोटी दाँत माझ्नुका साथसाथै जिब्रोलाई पनि सफा राख्नु अत्यावश्यक छ । दाँत मझ्ने ब्रस वा जिब्रो सफा गर्नेको नियमित प्रयोग गर्न सकिन्छ ।  रेशादार खानेकुराको सेवन गर्ने, खानेकुरालाई दाँतमा फस्न नदिने, शरिरलाई तन्दुरुस्त बनाउने खालका खानेकुरा खाने जस्ता बानीको विकास गर्नुपर्छ ।

दिनमा पटक–पटक पानी पिउने, जाइलिटोल भएको चिनी रहित  गुद चपाउने, मुख कुल्ला गर्ने औषधी प्रयोग गर्ने, अ्म्लयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा पनि निकै फाइदा हुने गर्छ । कफि लगायत अन्य क्याफीन भएका पेय पदार्थको सेवनमा पनि कमी ल्याउनुपर्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी