एएफसी यू–१९ फुटबलमा नेपालले आज कीर्गिस्तानसँग खेल्ने

एएफसी यू–१९ फुटबलमा नेपालले आज कीर्गिस्तानसँग खेल्ने

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, कात्तिक १४ । एएफसी अन्डर नाइन्टिन(यू–१९) फुटबल च्याम्पियनसिपका छनोट खेल आजबाट कीर्गिस्तानमा हुँदैछन् ।

नेपालले आफ्नो पहिलो खेलमा आजै आयोजक कीर्गिस्तानसँग खेल्नेछ ।

गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् ।

एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग पनि खेल्नेछ ।

राउण्ड रबिन लिगको आधारमा संचालन हुने छनौट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ ।

प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

हरेक समुहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने अण्डर नाइन्टिन एसिया कप फुटबल च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ