चिनीया पर्वमा रमाए विदेशी विद्यार्थीहरु

चिनीया पर्वमा रमाए विदेशी विद्यार्थीहरु

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

निर्मला तिम्सिना
२९ अक्टोवर, २०१७,सछुवान, चीन
चीनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ९९ पर्व मनाईएको छ । शनिवार विहान सवेरैदेखि चीनका मुख्य शहर तथा ग्रामिण क्षेत्रहरुमा यो पर्व मनाउन मानिसहरुको घुईचो लागेको थियो । त्यसै गरि सार्वजनिक चोक तथा सडकहरुमा समेत ९९ पर्व मनाउनेहरुको कारण बेग्लै रौनकता छाएको थियो । विभिन्न विद्यालय तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु पनि यो चाड मनाउन व्यस्त देखिन्थे ।

परम्परागत चिनिया चन्द्र पात्रो अनुसार नवौं महिनाको ९ तारिखकै दिन मनाईने हुनाले जोडी नौं(डवल नौं) पर्वको रुपमा लोकप्रिय यस चाडमा मानिसहरु अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछन् । डवल नौं पर्वमा बुवा, आमा, गुरु लगायतका महानुभावलाई विशेष सम्मान गर्ने चिनिया प्रचलन रहिआएको छ । प्राचिन समयमा मानिसहरु यस पर्वमा कामकाजलाई पन्छाउदै परम्परागत चिनिया पोशाकमा सजिएर छाँगो, छहरा, पहाड लगायतका स्थानहरुमा गएर रक्सि पिउदै, केक खाँदै नाचगान गरी मनोरञ्जन लिने गर्दथे ।

वर्तमान समयमा पनि परम्परागत आकर्षक चिनिया पोशाकमा सजिएर भव्य साँगीतिक कार्यक्रम, अभिनय र वृक्षारोपण लगायतका कार्यक्रहरुको आयोजना गरि यो पर्व मनाईन्छ । सन् १९८९ देखि वृद्धवृद्धाहरुलाई सम्मान गर्ने चाडको रुपमा यस पर्वलाई औपचारिक ढंगबाटै मनाउन थालिएको हो ।

यस पर्वकै अवसरमा चीनको सछुवान प्रान्तको नान्छोङ शहरस्थित चाईना वेस्ट नर्मल विश्व विद्यालयले पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । सो अवसरमा गुरु तथा अग्रज विद्यार्थीहरुको सम्मान एवम् सो विश्व विद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी तथा चिनिया विद्यार्थीवीच परिचय, घुलमिल एवम् जानकारी आदान प्रदान गरिएको थियो । उक्त अवसरमा आयोजित नाटक, चिनिया कम्फु, चिनिया पोशाकको प्रदर्शनी, चिनिया परम्परागत लेखन अभ्यास, साईकल दौड, डोरी नागी खेल, चिनिया सँगीत तथा नृत्य आदिले चिनिया तथा विदेशी विद्यार्थीहरु मन्त्र मुग्ध भएको दृश्य देख्न सकिन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी