एएफसी अण्डर १९ च्याम्पियनसिपको लागि नेपाली टोली किर्गिस्तान प्रस्थान

एएफसी अण्डर १९ च्याम्पियनसिपको लागि नेपाली टोली किर्गिस्तान प्रस्थान

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ,१२ कार्तिक ।
किर्गिस्तानमा हुने एएफसी अण्डर १९ च्याम्पियनसिप फुटबलको छनोट चरण खेल्ने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सका एक कार्यक्रमकाबीच नेपाली टोलीको अखिल नेपाल फुटबल संघ एन्फाले बिदाई गरेको छ ।

प्रतियोगितामा नेपाल बहराईन, ओमन, आयोजक किर्गिस्तान र संयुक्त अरब इमरेट्स युएई रहेको समूहमा परेको छ । भुटानको थिम्पुमा भएको साफ अण्डर १९ च्याम्पियनसिप विजेता नेपालले आगामी मंगलबार किर्गिस्तानको सामना गर्नेछ ।

कार्तिक १६ मा बहराइन, १८ गते संयुक्त अरब इमरेट्स र २० गते ओमनसँग नेपालले प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता र ११ समूहका ५ उत्कृष्ट उपविजेताले फाइनल चरणमा स्थान पक्का गर्नेछन् ।

टोलीमा प्रिजेन तामाङ उपकप्तान, अभिषेक बराल, विश्वास उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा र दिनेश हेन्जन छन् ।

त्यस्तै अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदेम्बे, आकाश श्रेष्ठ, अरिक बिष्ट, रेजिन सुब्बा, धिरज श्रेष्ठ, सुरज ठकुरी, राजेश परियार, मनिष थापा र सोजित गुरुङ पनि टीममा अटाएका छन् ।
टीमको मुख्य प्रशिक्षक छिरिङ लोप्साङ छन् । त्यस्तै पुष्कर शाही र मृगेन्द्र मिश्र प्रशिक्षक तथा गणेश चन्द टीम व्यवस्थापक छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ