८ बर्षपछि पाकिस्तानी भूमिमा अन्तराष्ट्रिय क्रिकेट हुँदै , दर्दनाक घटना बिर्सदै जित निकाल्ने दाउमा श्रीलंका

८ बर्षपछि पाकिस्तानी भूमिमा अन्तराष्ट्रिय क्रिकेट हुँदै , दर्दनाक घटना बिर्सदै जित निकाल्ने दाउमा श्रीलंका

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी , १२ कार्तिक ।

पाकिस्तान भूमिमा ८ वर्षपछि आज अन्तर्रा्ष्ट्रिय क्रिकेट हुँदैछ । सन् २००९ को मार्च ३ मा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानी भूमिमा कुनै पनि अन्तर्रा्ष्ट्रिय खेल हुन सकेको थिएन ।

६ जना सुरक्षाकर्मी र २ जना सर्वसाधारणको ज्यान जाने गरी भएको उक्त आक्रमणपछि पाकिस्तानमा अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पाकिस्तानमा खेल तालिका नै तय गर्न बन्द गरेको थियो ।

आक्रमणमा श्रीलंकन क्रिकेट टोलीका कप्तान माहेला जयबद्र्धने, उपकप्तान कुमारा सांगाकारासहित ५ जना खेलाडी पनि घाईते भएका थिए ।

पाकिस्तानले समेत क्रिकेटका तीन वटै फर्मेट विदेशी भूमिमा आयोजना गर्दै आएको थियो । उक्त आक्रमणकै बेला टेष्ट खेल्न पाकिस्तानी भूमिमा रहेको श्रीलंकन खेलाडी नै ८ वर्षपछि ट्वान्टी २० म्याच खेल्न लाहोर पुगेका छन् ।

आक्रमणका समय टेष्ट टोलीमा रहेका अधिकांश खेलाडीले सन्यास लिएपनि ३ म्याचको सिरिजको अन्तिम खेल खेल्न श्रीलंकन खेलाडी लाहोर पुगेपछि स्थानीयले स्वागत गरेका छन् ।
अबुधावीमा भएका यसअघिका दुवै खेल गुमाएपनि श्रीलंका ८ वर्षअघिको दर्दनाक घटना बिर्सदै पाकिस्तानी भूमिमा जित निकाल्ने दाउमा हुनेछ ।

खेल, नेपाली समयअनुसार साँझ पौने ७ बजे लाहोरस्थित गद्धाफी स्टेडियममा हुनेछ ।

सोही स्टेडियम जाने क्रममा पाकिस्तानी खेलाडी लक्षित आक्रमण भएपछि श्रीलंका र पाकिस्तानबीचको टेष्ट म्याच समेत स्थगित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ