एजेन्सी ,कात्तिक १२।
फिफा यू १७ विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डले हात पारेको छ । भारतको कोलकातामा गएराति भएको फाइनलमा स्पेनलाई ५–२ ले गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले उपाधि रक्षा गरेको हो ।
खेवको ३१ मिनेटसम्म २–० ले पछि परेको इंग्ल्याण्ड त्यसपछि खेलमा फर्किएर शानदार जित दर्ता गरेको हो । सर्जिओ गोमेजले १० र ३१ औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा ब्रुस्टरले इंग्ल्याण्डका लागि एक गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको इंग्ल्याण्डले दोस्रो हाफमा थप चार गोल र्गयो ।
खेलको ५८ औं मिनेटमा गिब्बास ह्वाइटको गोलबाट बराबरी गरेको इंग्ल्याण्डका लागि ६९ औं मिनेटमा फोडिनले गोल गर्दै ३–२ को अग्रता दिलाए । ८४ औं मिनेटमा गुइहीले गोल गर्दै अग्रता ४–२ मा र्पुयाए ।
खेलमा ८८ औं मिनेटमा फोडिनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्ड ५–२ ले विजयी भयो र उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।
प्रतियोगितामा सर्वा्धिक ८ गोल गरेका इंग्ल्याण्डका ब्रुस्टरले गोल्डेन बुट, इंल्याण्डकै फोडिनले म्यान अफ दि टुर्नामेन्ट अवार्ड र उत्कृष्ट गोलरक्षक बन्दै ब्राजिलका गाब्रिएल ब्रजाओले गोल्डेन ग्लोब्स प्राप्त गरे ।