आर्सनल, चेल्सी र लिभरपुल विजयी

आर्सनल, चेल्सी र लिभरपुल विजयी

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, कात्तिक १२।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल, चेल्सी र लिभरपुल विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा आर्सनलले स्वान्सी सिटीलाई २–१ ले पराजित गराएको हो ।

खेलमा अग्रता भने स्वान्सीले लिएको थियो । खेलको २२ औं मिनेटमा क्यालुकासले गोल गर्दै स्वान्सीलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलका लागि ५१ औं मिनेटमा कोलासिनाकले बराबरी गोल गरे ।

त्यसको सात मिनेटपछि आरोन रामसीले गोल गर्दै आर्सनललाई २–१ को महत्वपूर्ण जित दिलाएका हुन् । जितपछि १० खेलबाट १९ अंक जोडेको आर्सनल पाँचौं स्थानमा कायम छ ।

अर्को खेलमा चेल्सीले बोर्नमाउथलाई १–० ले पराजित गरेको छ । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा चेल्सीका लागि ५१ औं मिनेटमा इडन हजार्डले विजयी गोल गरे । जितपछि १० खेलबाट १९ अंक भएको चेल्सी चौथो स्थानमा कायम छ ।

यस्तै राति नै भएको खेलमा लिभरपुलले हडल्र्स्फिल्डलाई ३–० ले हरायो । लिभरपुलको जितमा ५० औं मिनेटमा ड्यानियल स्टुरेज, ५८ औं मिनेटमा रोबर्टो फिरमिनो र ७५ औं मिनेटमा विज्नाल्डमले गोल गरे ।

जितपछि १० खेलबाट १६ अंक जोडेको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । राति नै भएको खेलमा स्टोक सिटीले वाट्फोर्डलाई १–० ले हरायो । क्रिष्टल प्यालेस र वेष्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ