जाडोमा छाला फुस्रो  हुन्छ ? यस्ताे गर्नुहाेस्र 

जाडोमा छाला फुस्रो  हुन्छ ? यस्ताे गर्नुहाेस्र 

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

१ फुस्रो छाला भएको व्यक्तिले नुहाउनुअघि छाला सुहाउँदो प्याक प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो प्याक घरमै बनाएर प्रयोग गर्न सकिन्छ । महको प्याक उत्तम हुन्छ । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने अनि सुकेपछि नुहाउँदा फुस्रोपनबाट छुटकारा मिल्छ ।

२ नुहाउने पानीमा पनि ध्यान दिनुपर्छ । फुस्रो छाला हुनेले तातोपानीले नुहाउनुहुँदैन । तातोपानीले छालामा रहेको तैलीयपन नष्ट गरेर झन् फुस्रो बनाइदिन्छ । बरु, पानीमा केही थोपा तेल मिसाएर नुहाउँदा राम्रो हुन्छ । जैतुन या बदामको तेलको प्रयोग उपयुक्त हुन्छ । त्यसो त फुस्रो छाला हुनेले नियमित ननुहाउनु ठीक हुन्छ ।

३ फुस्रो छाला हुनेले नुहाउँदा प्रयोग गर्ने साबुनमा ध्यान दिनुपर्छ । बास्नादार साबुन प्रयोग नगर्नु नै उत्तम हुन्छ । जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको हुन्छ । सकेसम्म प्राकृतिक जडीबुटीबाट बनाइएका साबुन प्रयोग गर्नुपर्छ ।

४फुस्रो छाला हुने व्यक्तिले नुहाएपछि छालाको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छ । मोस्चराइजर अनिवार्य प्रयोग गर्नुपर्छ । नुहाएपछि पूरै शरीरमा मोस्चराइजर लगाउँदा अझै फुस्रोपन देखिए फेरि दोहोर्‍याएर दल्नुपर्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी