श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

युएई, कात्तिक ११ ।
श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । यसअघि पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तानले जित हासिल गरेको थियो ।

युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तान र श्रीलंकाबीच अब एउटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट हुन बाँकी छ । यसअघि पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ