शनि ग्रह : कसलाई लाग्नसक्छ साढेसातको दशा ?

शनि ग्रह : कसलाई लाग्नसक्छ साढेसातको दशा ?

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

एजेन्सी । ब्रहमाण्डमा भएका विभिन्न ग्रहको आ–आफ्नै महत्व रहेको हुन्छ । यी ग्रहहरु आफ्नो चक्रमा घुमिरहने हुँदा यसले आफ्नो स्थान परिवर्तन गरिरहेको हुनन्छ । ग्रहहरुले आफ्नो स्थान परिवर्तन गर्नुलाई घर परिवर्तन गर्नु भनिन्छ । यसले आफ्नो घर परिवर्तन गर्दा एक राशिबाट अर्को राशिमा गएर बस्ने गर्दछ ।

कुनै पनि ग्रह एक राशिमा एक वर्षभन्दा बढि रहँदैनन् । तर शनि ग्रहले घर परिवर्तन गरि कुनै अर्को ग्रहमा जानुलाई महापरिवर्तन मानिन्छ। र यस पटक शनिको महापरिवर्तन हुँदैछ, २६ अक्टूबरमा । शनि दिउसो ३ बजेर १५ मिनेट जाँदा पूर्ण रूपले धनु राशिमा प्रवेश गर्दैछ। यसले जनवरी २०२० सम्म यसै राशिमा गोचर गर्नेछ।

खासमा, शनिले कुनै एक राशिमा लगभग ढाई वर्ष सम्म रहने गर्छ। यो समय पुरा भएपछी उसले राशी परिवर्तन गर्छ। यस्तै १२ राशी चक्र पूरा गर्नको लागि शनिलाई तीस वर्षको समय लाग्ने गर्छ। शनिको राशि परिवर्तन एक ठूलो घटना नै मान्ने गरिन्छ। किनकी, अन्य राशीहरुमा चलिरहेको साढेसात र ढ़ैय्या पनि प्रभावित हुने गर्छन ।

यदि कसैलाई शनि ग्रहको नजर पर्यो भने उसको हाँसहाल सुन्दर जिन्दगी बर्बाद हुने गर्छ। शनिको राशि परिवर्तनले कसैलाई ढैय्याको दशा लाग्छ त कसैलाई साढेसातको । यसै कारणले धेरै मानिसहरुले शनिदेवलाई क्रूर पनि मान्ने गर्छन् ।

आजकल भन्ने गरिन्छ की, शनिदेवले सबैको काम बिगार्ने गर्छन। हरकोही उनको नजरबाट बच्ने कोसिस गर्छन्। त्यसैले ‘साढेसात र ढैय्याको दशा आफु खाने सत्रुलाई पनि नलागोस्।’ भनिन्छ। शनिको दिन शनिवार हो। यसै कारणले अधिकांश मानिसहरुले यस दिनलाई नै अशुभ मान्ने गर्छन। खासमा शनिले गलत र सहिको मात्र निर्णय गर्ने गर्छन। त्यसै अनुसार सजाय पनि दिने गर्छन। शनिदेवको अदालतमा कोहि धनि या गरिव भन्ने हुँदैन।

जो गलत हो उसले नै सजाय पाउँछ। शनि देवको प्रकोपबाट बच्नको लागि कहिल्यै पनि झुठ बोल्नु हुँदैन। अनि कसैलाई पनि धोका दिनु हुन्न । सधै गरीबहरुलाई मद्दत गर्ने र शनिवारको व्रत गर्नु नै काफी हुन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी