विश्वकपको पुरस्कार राशी चालीस करोड अमेरिकी डलर बनाउने

विश्वकपको पुरस्कार राशी चालीस करोड अमेरिकी डलर बनाउने

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

 

भारत, १० कात्तिक ।

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ ।
फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ ।
ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो । त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।
विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए ।
विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ । बैठकले बोलपत्र मुल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ ।
त्यसैगरी परिषद्ले फिफाका आगामी बर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ ।
सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा शुरु भै जुलाई ७ मा सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ