काठमाडौं ,कार्तिक ८ ।
एसिया कप तथा अन्तरक्लब भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालका चार खेलाडि दक्षिण कोरिया पुगेका छन् ।
दक्षिण कोरियाको योङगुमा अक्टोबर २८ देखि नोभेम्बर २ सम्म प्रतियोगिता हुँदै छ । नेपालका तर्फबाट २ जना महिला तथा २ पुरुष खेलाडीले प्रतियोगीतामा सहभागीता जनाउदै छन् ।
त्यसका लागी हिजो नै नेपाली खेलाडि दक्षिण कोरिया पुगिसकेका छन् । खेलअघि नेपाली खेलाडी चार दिन प्रशिक्षणमा संलग्न हुने नेपाल भारोत्तोलन संघले जनाएको छ ।
पुरुषमा कमलबहादुर अधिकारीले ७७ केजी र प्रकाश केसीले ६९ केजी तौलसमूह तथा महिलातर्फ ५३ केजीमा सन्जु चौधरी र ५८ केजीमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रकाशबाहेक सबै राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन् ।
१० औं सागका स्वर्णधारी कमलको नाममा स्न्याचमा १२० र क्लिन एन्ड जर्कमा १६० केजीको कीर्तिमान छ । सन्जुको नाममा स्न्याचमा ६० केजी र क्लिन जर्कमा ८१ केजीको कीर्तिमान छ । कमलाको स्न्याचतर्फ ६८ केजी र क्लिन एन्ड जर्कतर्फ ८५ केजीको राष्ट्रिय कीर्तिमान कायम छ ।