अफिसमा निद्राले सताउँछ ? यसाे गर्नुस्

अफिसमा निद्राले सताउँछ ? यसाे गर्नुस्

  • मङ्लबार, कार्तिक ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

जाडोभन्दा गर्मी मौसममा अफिसमा काम गर्नेहरूलाई निद्राले सताउँछ । निद्राले सताएपछि काम गर्न मन लाग्दैन । बिहानको खाना खाएपछि अफिस पुगिसकेपछि निद्रा लाग्नु कुनै अनौठो कुरा होइन । तर, अफिसमा काम गरिरहेका वेलामा निद्रा कसरी भगाउन सकिन्छ त ? काम लाग्न सक्छन् यी टिप्सः

काम गरिरहेका वेला निद्रा लाग्न थाल्यो भने कुनै मन पर्ने गीत मोबाइलमा बजाउनुहोस् । अरूलाई डिस्टर्ब हुन्छ भने कानमा हेडफोन लगाएर गीत सुन्दै काम गर्न सक्नुहुन्छ । निद्रा भगाउने सजिलो उपाय यो पनि हुन सक्छ ।

निरन्तर काम गरिरहेका वेला निद्राले सतायो भने कम्तीमा १५ देखि २० मिनेट बाहिरको वातावरणमा जानुहोस् । अफिसभन्दा थोरै बाहिरको वातावरण अवलोकन गर्नुभयो भने केही हदसम्म निद्रा भाग्न सक्छ ।

निद्राले हदैसम्म सतायो भने एक गिलास चिसो पानी खानुस् । बजारमा अमिलो स्वादका चकलेट पाइन्छ । अफिस जानुपूर्व नै केही चकलेट किनेर लैजानुभयो भने निद्रा लागेको वेलामा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंको मोबाइलमा पक्कै पनि गेमहरू छन् होला । यदि छैन भने तपाईंको अफिसमा इन्टरनेट अवश्य पनि छ । इन्टरनेटमा विभिन्न खालका गेमहरू हेरेर निद्राबाट बच्न सक्नुहुन्छ ।

आजभोलि जमाना नै इन्टरनेटको भनिन्छ । विश्व बुझ्न अन्त कहीँ जानु पर्दैन । निद्रा भगाउने नै हो भने इन्टरनेट खोल्नुहोस् र युट्युबमा रमाइला फन्नी भिडियोहरू खोज्नुहोस् । एकैछिन हेर्नुभयो भने तपाईंको निद्रा गायब भइसकेको हुन्छ ।

अफिसमा निद्रा लाग्यो भने काममा आफैँ बाधा पुगिहाल्छ । तर, निद्राले च्याप्यो भने कम्तीमा पाँचदेखि १० मिनेट फुर्सद निकाल्नुहोस् । आफ्नो नजिकको मिल्ने र धेरै कुरा सेयर गर्ने साथीभाइलाई फोन लगाएर रमाइला गफ गर्नुहोस् । तपाईंको निद्रा गायब हुन सक्छ ।

आजभोलि सामाजिक सञ्जाल फेसबुक नचलाउने सायदै कम छन् । अफिसमा कामले मारामार भएका वेलामा निद्रा लाग्यो भने फेसबुक खोल्नुहोस् । साथीभाइसँग हेल्लो हाई गर्नुहोस् । अरूका वाल हेर्दै समय गुजार्नुभयो भने पनि निद्राले छोड्न सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी