नेपाल र चीनबीचको सम्झौतापछि परिक्षणका लागी लगाईएके धान उत्पादनमा वृद्धि

नेपाल र चीनबीचको सम्झौतापछि परिक्षणका लागी लगाईएके धान उत्पादनमा वृद्धि

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

भक्तपुर, ६ कात्तिक ।नेपाल र चीनबीचको सम्झौतासँगै शुरु भएको परियोजनामार्फत परीक्षणका रूपमा लगाइएको चिनियाँ हाइब्रिड धानको उत्पादन चारगुणाले वृद्धि भएको पाइएको छ ।
सम्झौतासँगै सन् २०१६ देखि तीन वर्षे चाइना नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक्षणका रूपमा भक्तपुरमा लगाइएको चिनियाँ हाइब्रिड धान उत्पादनमा वृद्धि भएको पाइएको हो ।
मध्यपुरथिमिमा करिब १२ रोपनी जग्गामा यस वर्ष परीक्षणका रूपमा लगाइएको एलपिएम बिआर १६२८ र एलपिएम बिआर १६३२ जातको धानको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), चिनियाँ टोली, चाइना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखा, धान लगाउने कृषकको टोलीसहितले आज अवलोकन गरेको हो ।
कार्यक्रममा चिनियाँ टोलीका संयोजक जिहाङ जोहुईले चीनको आर्थिक एवं प्राविधिक सहयोगमा शुरु भएको सो परियोजनाले चीन र नेपालमा विभिन्न तालीम उपलब्ध गराएको बताउनुभयो । उहाँले चीनको ६७ जातका धानको परीक्षण नेपालमा शुरु गरिएको र चिनियाँ हाइब्रिड धान प्रतिहेक्टर ८ टनदेखि १० टनसम्म उत्पादन हुने बताउनुभयो ।
धान तथा मकैका लागि चीनले नेपालमा प्राविधिक सहयोग, ट्र्याक्टर, राइस मिल, ट्रान्सप्लान्ट यन्त्रलगायतका सहयोग गरेको छ भने धानको प्रयोगशाला बनाइदिने भएको छ ।
स्थानीय किसानले धानमा कालोपोके आएको र केही बोट मर्ने समस्या आएको बताउँदै यसलाई नियन्त्रण गर्न सके उत्पादनमा वृद्धि हुने बताए । धान पसाउने बेलामा केही बोट मर्ने र केही बाला नलाग्ने समस्या छ ।
कृषि वनस्पति महाशाखाका प्रमुख सुरेशकुमार राईले परियोजनाअन्तर्गत चीनबाट ल्याइएका हाइब्रिड धान र मकैको परीक्षण गरिरहेको बताउनुभयो । परीक्षणमा कृषकबाट आएको सुझाव र उत्पादन बढ्ने निश्चित भएमा धान, मकैलगायत उन्नत जातका बीउ जिल्ला जिल्लामा पठाइने उहाँको भनाइ थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का योजना तथा समन्वय निर्देशक डा आन्दकुमार गौतमले किसानले सधैँ एकै प्रकारको धान लगाउने गरेको र नेपालले आफ्नै उन्नत नयाँ जातको धानको बीउ उत्पादन गर्न नसकेकाले चिनियाँ हाइब्रिड धानको बीउ परीक्षणमा ल्याइएको बताउनुभयो । नेपालमै हाइब्रिज धानको बीउ उत्पादन गर्ने तयारीमा रहेको र चिनियाँ हाइब्रिड धान परीक्षणका क्रममा उपयुक्त देखिएमा यसलाई प्रमाणीकरण गरेर बीउ वितरण गरिने उहाँले बताउनसभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी