इङ्लिस प्रिमियर लिग :आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

इङ्लिस प्रिमियर लिग :आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

  • सोमवार, कार्तिक ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, कात्तिक ६ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

लण्डन क्लब आर्सनलले एभर्टनलाई उसैको मैदानमा ५–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन नाचो मोन्रीयाल, मेसुत ओजिल, अलेक्सिस सान्चेज, अलेक्जेण्डर लाकाजेट र आरोन राम्सेले एक–एक गोल गरे ।

एभर्टनका वायन रुनी र ईद्रीसा गुवेले एक–एक गोल गरे ।

यो जितपछि आर्सनलले अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीसँग बराबरी गरेको छ । उता पराजित टोली एभर्टन भने तालिकाका १८ औं स्थानमा झर्दै रेलिगेसन क्षेत्रमा पुगेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिभरपुललाई ४–१ ले पराजित गर्‍यो । आफ्नै मैदानमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई तथा हिङ मिउन सन र डेले अलीले एक–एक गोल गरे । लिभरपुलका मोहोमद सालाहले एक गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २०/२० अंक जोडेका म्यान्चेस्टर युनाईटेड र टोटनह्याम क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । १६/१६ अंक जोडेको चेल्सी र आर्सनल भने चौथो र पाँचौ स्थानमा समेटिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ