सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २१ पदक जित्यो , तेक्वान्दोमा ९ स्वर्ण

सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २१ पदक जित्यो , तेक्वान्दोमा ९ स्वर्ण

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

 

काठमाडौँ, ५ कात्तिक ।

थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको छ ।

थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए ।

फाइनलमा अजितले पुरुष ४६ किलोतर्फ चीन, रेखमायाले महिला ६७ किलोमुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला ५३ किलोमुनितर्फ श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो ।

पुम्सेतर्फ नरमाया गुरुङ, जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिनुभयो । फाइनलमा नरमायाले १४ वर्षमुनिमा भारत, जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ किलोमुनितर्फ ओमानलाई हराएका थिए ।

फाइटमा मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दिपीसा गुरुङ, डेबिड थापा, कलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक जिते । फाइटमै अर्यान पौडेल, सागर बराल, ललित बुढामगर, दीपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिम्खडा, दीपम थकाली र रिेखमाया गुरुङले काश्य पदक जिते । सो च्याम्पियनसिपमा दक्षिण कोरिया, चीन, इन्डोनेसिया, म्यानमार, भारत, पाकिस्तान, मलेसियालगायत देशको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ