इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, कात्तिक ५ । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३–० ले पराजित गरेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई भने हडर्सफिल्ड टाउनले २–१ ले पराजित गर्‍यो ।

जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडको जारी सिजनमा यो पहिलो हार हो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले वाट्फोर्डलाई ४–२ ले हराँउदा न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित ग¥यो । लेष्टर सिटीले स्वान्सी सिटीलाई तथा बर्नमाउथले स्टोक सिटीलाई समान २–१ गोल अन्तरमा पराजित गर्दा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई १–० ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज आर्सनलले एभर्टनसँग खेल्दा लिभरपुल र टोटनह्याम हट्सपर भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ