सुत्ने ओछ्यानको तन्नाका कारण लाग्छ यस्ता खतरनाक राेग , सुरक्षीत रहने उपायहरू

सुत्ने ओछ्यानको तन्नाका कारण लाग्छ यस्ता खतरनाक राेग , सुरक्षीत रहने उपायहरू

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

न्युयोर्क– सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो।

टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू)ले हामीलाई बिरामी बनाउन सक्ने बताए।

उनी भन्छन्, ‘यस्ता अदृश्य रोगव्याधको लहर नियन्त्रण गर्न कम्तिमा पनि सातामा एकपटक बेडसिट (तन्ना) धुनुपर्छ।’ एउटा मानिसले बर्सेनि बिछ्यौनामा औसतमा करिब एक सय लिटर पसिना बगाउँछ। कोठाबाहिर गर्मी र आर्द्रता हुँदाको बाफिलो वातावरणलाई वैज्ञानिकहरू फङ्गस र ब्याक्टेरिया उत्पन्न हुने र फैलने सबैभन्दा उपयुक्त वातावरण मान्छन्।

अनुसन्धानकर्ताहरुले हालै ब्याक्टेरिया र फङ्गसबाट बिछ्यौना दूषित हुने मात्राबारे एउटा अध्ययन गरेका थिए। अध्ययनमा उनीहरूले प्वाँख र सिन्थेटिकका साढे ११ देखि २० वर्षसम्म पुराना तकियाका नमूना परीक्षण गरेका थिए। परीक्षणमा अनुसन्धानकर्ताले हरेक तकियामा कम्तिमा पनि १६ प्रकारका फङ्गस फेला पारेका थिए।

यसबाहेक तपाईंको पसिना, थुक-र्‍याल, छालाका कोष, यौनांग र मलद्वारबाट निस्कने ब्याक्टेरिया र फङ्गससँगै आफ्नो बिछ्यौनामा तपाईं बाहिरी ‘माइक्रोब्स’सँगै सुत्नु हुन्छ। यस्ता बाहिरी माइक्रोब्समध्ये पराग कण, माटो, बालुवा, धुल्याहा, विभिन्न जीवजन्तुका रौँ/झुस, विभिन्न किसिमका रेशा, धुलो, विष्टा/मल लगायत पर्छन्।

टियर्नो यस्तो फोहरले एक सातामै बिछ्यौना पूर्णतया दूषित हुने बताउँछन्। उनी भन्छन्, ‘यस्तो फोहर तन्नाका कारण तपाईंलाई रुघा लाग्न सक्छ, हाछ्युँ आउन सक्छ वा, यस्ता माइक्रोब्स नाक/मुख नजिक हुने भएकाले सास फेर्दा शरीरभित्रै प्रवेश गर्न सक्छन्।’

उनका अनुसार मैलो, दूषित ओछ्यानका कारण पहिले कुनै एलर्जी नभए पनि प्रतिक्रियास्वरुप एलर्जी हुन सक्छ। साथै तन्ना÷बेडसिट तपाईंको चालचलन र पसिनाले मात्र नभएर छिटो दूषित हुने अर्को कारण हो, गुरुत्वाकर्षण । टियर्नोले भने, ‘गुरुत्वाकर्षणकै कारण तपाईंको म्याट्रेस/डस्ना र तन्ना/बेडसिटमा अनेकौं सूक्ष्म फोहर थुप्रिन्छ।’

एक-दुई सातासम्म बिछ्यौना, तन्नामा थुप्रने फोहर कुनै पनि व्यक्तिको घाँटीमा संक्रमण गराउन पर्याप्छ हुन्छ, खासगरी एलर्जी र दमका रोगीहरूलाई (६ जना अमेरिकीमध्ये एक जनालाई एलर्जी हुन्छ)।

‘तपाईं सडकमा हिँड्दा कतै झुक्किएर कुकुरको गुहु छुनु भयो भने तुरुन्त हात धुन खोज्नु हुन्छ,’ टियर्नो भन्छन्, ‘बिछ्यौनाबारे पनि ठ्याक्कै त्यस्तै ठान्नुस्। तपाईंले आफ्नो बिछ्यौनामा के–के छ भनेर देख्ने मात्र भए (तर तपाईंले देख्नुहुन्न) तपाईं आफैं भन्नुहुन्थ्यो, के म यस्तो ठाउँमा सुत्न सक्छु र?’
(बिजनेस इन्साइडर)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी