इंग्लिश प्रिमियर लिग फुटबलमा ब्राईटनको तेस्रो जित

इंग्लिश प्रिमियर लिग फुटबलमा ब्राईटनको तेस्रो जित

  • शनिबार, कार्तिक ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, कात्तिक ४ । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्राईटनले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हराएको छ ।

लण्डनस्थित वेष्ट ह्याम युनाईटेडको मैदानमा गएराति भएको खेलमा ब्राईटनलाई विजयी गराउन ग्लेन मरेले दुई तथा होजेले एक गोल गरे ।

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको यो तेस्रो जित हो । ९ खेलबाट ११ अंक जोडेको ब्राईटन अंक तालिकाको दशौं स्थानमा छ ।

इंग्लिश प्रिमियर लिगमा आज राति ७ खेल हुनेछन् । आज शीर्ष क्लवहरु चेल्सीले वाट्फोर्डसँग, म्यान्चेस्टर युनाईटेडले हडर्सफिल्डसँग तथा म्यान्चेस्टर सिटीले बर्नलेसँग खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ