नेपाली खेलाडि धामिले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक

नेपाली खेलाडि धामिले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा काश्य पदक

  • शुक्रबार, कार्तिक ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं , कार्तिक ३ ।

बेलायतमा जारी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् ।

लण्डनस्थित ओलम्पिक र्पाकमा गएराति सम्पन्न ४९ केजीमुनि तौल समूहको स्पर्धामा रञ्जनाले पेरुकी खेलाडीलाई अंकका आधारमा हराउँदै काश्य जितेकी हुन् ।

सेमिफाइनलमा रञ्जना मंगोलियाका खेलाडीसँग पराजित भएकी थिइन् । रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेको लण्डनमा रहेका नेपाली प्रशिक्षक कल्याण कुँवरले जानकारी दिनुभयो ।

नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया उनले प्रतिक्रिया दिए । प्रतियोगितामा नेपालबाट २ महिलासहित चार खेलाडी सहभागी थिए ।

पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमुनि र रोहित हाङ राई ७५ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पहिलो चरण पार गर्न सकेनन् ।

महिलातर्फ ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेसा गोवद्र्धन क्वार्टर फाइनलसम्म पुगेकी थिइन् । अन्तिम ४ को स्पर्धामा उनी रुसी खेलाडीसँग पराजित भइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ