गोरखबहादुर गणलाई सातौं दीपावली कप भलिबलको पुरुषतर्फको उपाधी 

गोरखबहादुर गणलाई सातौं दीपावली कप भलिबलको पुरुषतर्फको उपाधी 

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

सिन्धुपाल्चोक, कात्तिक २ । सिन्धुपाल्चोकको इर्खुमा सम्मन्न सातौं दीपावली कप भलिबलको खुला पुरुषतर्फको उपाधी गोरखबहादुर गण चौताराले हात पारेको छ ।

जनशक्ति युवा समुह चिलाउनेलाई फाइनलमा २५–२२, २४–२६, २५–१४ र २५–१४ को सेटमा हराउँदै गोरखबहादुरले उपाधी जितेको हो ।

यससँगै माविस्तरीय छात्रा भलिबलको उपाधी भने राजेश्वरी मावि सिपापोखरेलाई पछि पार्दै इर्खु माविले हात पारेको छ ।

भलिबल प्रतियोगिताको समापन गर्दै सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रको विकासका लागि आफु सहयोग गर्न तयार रहेको भन्दै खेल मैदान निर्माणका लागि योजना ल्याएमा आवश्यक बजेट उपलब्ध गराउन आफुले पहल गर्ने बताए ।

खेलमा विजेता खेलाडीहरुलाई मन्त्री बस्नेतले प्रमाणपत्र, मेडल, ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ