झापा, कात्तिक २ । भारतीय भन्सारले वस्तु तथा सेवा कर जीएसटी लागू गरेपछि नेपाली अदुवा भारत निकासि बन्द भएकाे छ । अदुवा निकासा नहुँदा झापाकाे काँकडभिट्टामा ठूलो मात्रामा अदुवा अलपत्र परेको छ ।
एक करोड रुपैयाँभन्दा बढी मूल्यको अदुवा कुहिने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।
गत वर्ष पनि भारतीय पक्षले विषादी मिसिएको आरोप लगाउँदै नेपाली अदुवाको निकासीमा अवरोध गरेको थियो ।
नेपाली अदुवामा वस्तु तथा सेवा कर जीएसटी लागू गर्ने भारतीय भन्सारको निर्णयपछि सातायता अदुवा निकासी ठप्प भएको मेची भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline