युरोपियन च्याम्पियन्स लिग फुटबल : बार्सिलोना, पीएसजी, बायर्न म्युनिख विजयी, चेल्सी र रोमाले खेले बराबरी

युरोपियन च्याम्पियन्स लिग फुटबल : बार्सिलोना, पीएसजी, बायर्न म्युनिख विजयी, चेल्सी र रोमाले खेले बराबरी

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौं, कात्तिक २ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत् भएका खेलहरुम शीर्ष क्लबहरु बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

समूह ‘ए’को खेलमा इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडले पोर्चुगलको बेनिफिकालाई १–० ले हराउँदा स्वीट्जरल्यान्डको एफसी बाजलले रुसको सीएसकेए मस्कोलाई २–० ले पराजित गर्‍यो ।

च्याम्पियन्स लिगअन्तर्गत् समूह ‘बी’का खेलहरुमा पीएसजी र बायर्न म्युनिख विजयी भएका छन् ।

फ्रेन्च क्लब पीएसजीले बेल्जियमको एन्डरलेच्टलाई ४–० ले हराउँदा जर्मनीको बायर्न म्युनिखले स्कटल्यान्डको सेल्टिकलाई ३–० ले पाखा लगायो ।

यसैगरी, समूह ‘सी’का खेलहरुमा इंग्ल्यान्डको चेल्सी र इटालीको एएस रोमाले ३–३ गोलको बराबरी खेल्दा स्पेनको एथ्लेटिको मड्रिड र काजखस्तानको काराबागले गोलरहित बराबरीमा चित्त बुझाएका छन् ।

समूह ‘डी’को खेलमा स्पेनिस क्लब बार्सिलोनाले ग्रीसको ओलम्पियाकोसलाई ३–१ ले हराउँदा इटालीको युभेन्टसले पोर्चुगलको स्पोर्टिङलाई २–१ ले पराजित गर्‍यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ