रामधुनीले चुम्यो घोडेटार गोल्डकपको उपाधि

रामधुनीले चुम्यो घोडेटार गोल्डकपको उपाधि

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भोजपुर, २ कात्तिक।

हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप—२०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ ।

हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो । जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।

त्यसैगरी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्डले नगदको साथै प्रमाणपत्र पाएका छन् । असोज २६ गतेदेखि शुरु भएको खेलमा १९ टिमको सहभागिता रहेको आयोजक स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ