कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण

कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बर्दिया, १ कात्तिक ।बर्दियाका किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण कार्य शुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले असोज महिनाको तेस्रो सातादेखि गुलरिया नगरपालिका–१० को थारु पर्सिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाको कण्ठपुर शीतलाबजारलगायतका स्थानमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागि किसानमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
बर्दियाका विभिन्न स्थानका एक हजार बिगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा देखापरेको फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय, गुलरियाले निःशुल्करुपमा विषादी वितरण गर्दै आइरहेको बताउँदै उहाँले प्रकोप देखापरेका किसानलाई कार्यालयमा आई निःशुल्क रुपमा विषादी लिएर धानबालीमा छर्कन सुझाव दिनुभयो ।
अधिकृत रावतका अनुसार कार्यालयले हालसम्म ३० भन्दा बढी किसानलाई निःशुल्क औषधि वितरण गरिसकेको छ । अधिकृत रावतले इमिडोक्लोप्रिड नामक विषादी दुई मिली प्रतिलिटर पानीमा मिसाएर पाँच दिनको फरकमा पूरै बोट भिज्ने गरी कम्तीमा तीनपटक स्प्रे गर्नसमेत किसानलाई सल्लाह दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी