पानी कम पिउनुहुन्छ ? होसियार ! यस्ता समस्या देखिन सक्छ

पानी कम पिउनुहुन्छ ? होसियार ! यस्ता समस्या देखिन सक्छ

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । हाम्रो शरीरका धेरै अंगमा नियमित पानीको आवश्यकता पर्दछ । दिनमा कम्तीमा चारदेखि पाँच लिटर पानी खानुपर्छ भन्ने चिकित्सकको सुझाबलाई धेरैले आत्मसात् गरेका छैनन् । हाम्रो दिसा, पिसाब, पसिना, थुकलगायत विभिन्न माध्यमबाट हाम्रो शरीरको पानी बाहिरिन्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाब छ । शरीरमा पानीको कमी भयो भने विभिन्न खतरनाक रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन् ।

पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । शरीर स्वस्थ राख्न रसिलो  फलफूल खानुपर्छ ।

शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।

हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने÷घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।

शरीरमा पानीको अभाव भयो भने पेटको अल्सर हुन्छ ।

जोर्नीमा पानीको मात्रा पुगेन भने शरीर पोल्नुका साथै जोर्नी दुख्ने समस्या बढ्दै जान्छ । त्यसैले पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ ।

हामीले पिउने पानीको मात्राअनुसार रक्तचाप बढ्ने र घट्ने हुन्छ । शरीरमा पानीको अभाव हुँदा रक्तचापको मात्रा घट्ने चिकित्सकहरू बताउँछन् ।

शरीरमा पानीको अभाव भयो भने मुटुको चाल असामान्य बनाउन सक्छ ।

पानीको अभावले हाम्रो शरीरमा पाचन प्रक्रिया असहज बनाउँछ । खासगरी, हाम्रो शरीरमा नभई नहुने पदार्थमध्ये एक हो, पानी । पानीले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पु¥याउने कामसँगै पाचन प्रणालीलाई सफा बनाउन पनि महत्वपूर्ण काम गरेको हुन्छ ।

शरीरमा पानीको अभाव भएमा हाम्रो शरीरलाई कमजोर बनाउनुका साथै आँखा धमिलो बनाउँछ ।

पानीको कमीले हाम्रो टाउको दुखाउँछ । टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउनुपर्छ ।

जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ ।

प्रशस्त मात्रामा पानी नपिउनेहरूमा एसिडिटी बढ्ने, दिसामा कब्जियत देखा पर्ने, खाना राम्ररी नपच्ने खालका समस्या पनि देखा पर्छन् ।

पानीको कमी भयो भने मानिसको मुटुको धड्कन  अचानक बढ्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी