म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, कात्तिक १ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

टोटनह्याम हट्सपरले भने रियल मड्रिडसँग १–१ गोलको बराबरी खेलेको छ । स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा भएको खेलमा रियाल मड्रिडका राफेल भारानेले आत्माघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो ।
तर रियालका क्रिस्चियानो रोनाल्डोले पेनाल्टीमार्फत एक गोल फर्काउँदै खेल बराबरी गरे ।

च्याम्पियन्स लिग अन्र्तगत गएराति भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले ईटालीको नापोलीलाई २–१ ले हराएको छ ।

यसैगरी अर्को इङ्लिस क्लब लिभरपुलले स्लोभेनियाको एनके मारिबोरलाई ७–० ले पाखा लगायो ।

च्याम्पियन्स लिग फुटबलकै अन्य खेलहरुमा रुसको स्पार्टा मस्कोले स्पेनको सेभियालाई ५–१ ले हराउँदा टर्कीको बेसिक्तासले फ्रान्सको मोनाकोलाई २–१ ले पाखा लगायो ।

यसैगरी जर्मनीको आरबी लेप्जीगले पोर्चुगलको एफसी पोर्टोलाई ३–२ ले हराउँदा युक्रेनको शख्तरले नेदरल्याण्ड्सको फेयनुर्डलाई २–१ ले पराजित गर्‍यो ।

जर्मनीको बोरुसिया डर्टमण्डले साईप्रसको अपोईल निकोसियासँग १–१ गोलको बराबरी खेलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ