३१ असोज, काठमाडौं । काठमाणडाै महानगरपालीकाकाे मेयरमा प्रतिस्पर्धा गरेर चचार् कमाएकी विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सेल रोटीको ब्यापार थालेकी छन् । उनले बनाएको एउटा सेलको मूल्य १८ रुपैयाँ राखिएको छ ।
गत आइतबारबाट आफ्नै घरमा सेल रोटी बनाएर बेच्न सुरु गरेकी रञ्जुले पहिलो लटमा ६ किलो चामलको पिठो मुछेर एक सय ३० वटा सेल बनाएकी छिन् ।
सेलहरु उनले सोमबार प्याकिङ गरिन् र मंगलवार डेलिभरी गरेकी छन्र्नेर । यी सबै सेलहरु बुक भइसकेका छन् । बौद्ध फ्रेस मार्टले ३० वटा लैजाने र बाँकी व्यक्तिहरुले लैजाने उनले जानकारी दिइन् । उनले घरबाटै सेल सप्लाई गर्नेछिन् ।
रञ्जुलाई सेल बनाउन उनकी आमाले सहयोग गरिरहेकी छिन् । ‘मैले आमासँगै सेल बनाउन सिकेकी हुँ,’ उनले भनिन्, ‘उहाँ पहिलेदेखि नै एकदमै मिठो पकाउनुहुन्छ ।’
आफूले सेल बनाउने र त्यसलाई मम्मीले फिनिसिङ दिने गरेको उनले उल्लेख गरिन् । ‘अस्ति मम्मीको सहयोगमा बनाएँ, तर अब एक्लै पनि बनाउन सक्ने भएकी छु,’ उनले भनिन् । ‘सेल खान मिठो तर पकाउन गाह्रो हुँदोरहेछ,’ उनले अनुभव सुनाइन् ।