अन्तराष्ट्रिय एएफसी एसियन फुटसलमा नेपालको दोस्रो हार

अन्तराष्ट्रिय एएफसी एसियन फुटसलमा नेपालको दोस्रो हार

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ , ३० असोज ।

नेपालले औपचारिक रुपमा पहिलो पटक सहभागिता जनाएको अन्तराष्ट्रिय एएफसी एसियन फुटसल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ ।

इरानमा जारी उक्त प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल कीर्गिस्तानसँग ५–० गोलअन्तरले पराजित भयो । आइतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग १४–२ को भारी गोलअन्तरले पराजित भएको थियो ।

किर्गिस्तानका लागि तास्तानोभ अक्तईले दुई तथा अलिमोभ मास्कात उलु उलाबेक र कप्तान कानेतोभ एमिलले एक एक गोल गरे । जारी प्रतियोगितामा किर्गिस्तानको यो लगातार दोस्रो जित हो । किर्गिस्तानले पहिलो खेलमा तुर्क्मिनेस्तानलाई ५–३ गोलअन्तरले पराजित गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ