काठमाडौं ,३० असोज ।
विश्वकपमा सिधै छनोट हुने मौका गुमाएकोमा नेपाली टोलीका कप्तान पारस खड्काले क्रिकेट प्रेमीसँग माफी मागेका छन् ।
आगामी फेब्रुअरीमा हुने डिभिजन टु को शीर्ष स्थानमा रहँदै विश्वकप छनोटको सम्भावना टरिनसकेको भन्दै उनले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले खेल संख्या कम भएको र पुराना खेलाडीमा भर पर्दा यो अवस्था आएको प्रतिक्रिया दिए ।
च्याम्पियनसिप अन्तर्गत आगामी नोभेम्बरमा युएई विरुद्धका खेलका लागि टोलीमा परिवर्तन गर्ने सङ्केत उनले गरे । तर, राष्ट्रिय प्रतियोगितामा राम्रो खेल्ने र बन्द प्रशिक्षणमा खराब प्रदर्शन गर्ने खेलाडीमा व्यापक सुधारको खाँचो उनले औंल्याए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline