नेपाल र हङकङबीचको खेल रद्ध ,नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा

नेपाल र हङकङबीचको खेल रद्ध ,नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा

  • सोमवार, अशोज ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं ,असोज ३०।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ ।

खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय विश्वकपका लागि छनोट चरण खेल्ने नेपालको सम्भावना पनि सकिएको छ ।

जारी प्रतियोगिताको शीर्ष चारभित्र पर्न नेपाललाई हङकङविरुद्धको यो खेल जित्नैपर्ने दबाब थियो । तर खेल रद्द भएसँगै नेपाल र हङकङ दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

योसँगै नेपालले प्रतियोगिताका १२ खेलबाट ९ अंक मात्रै जोडेको छ । युएईसँग दुई खेल मात्रै खेल्न बाँकी छँदा नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

समान खेलबाट १४ अंक जोडेको हङकङ चौथो स्थानमा रहेको छ । पाँचौ स्थानको केन्याको १२ अंक छ । ८ टोली सहभागि प्रतियोगितामा सबै टोलीले २÷२ खेल खेल्न बाँकी छ ।

१८ अंक जोडेको नेदरल्याण्ड्स र १६ अंक जोडेको पपुवा न्युगिनी शीर्ष दुईमा पर्ने निश्चित भईसकेको अवस्थामा तेस्रो स्थानको स्कटल्याण्ड, चौथो स्थानको हङकङ र पाँचौ स्थानको केन्या बाँकी दुई स्थानको लागि दौडमा छन् ।

नेपालसँगै नामिबिया र युएई विश्वकप छनोट चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारभित्र पर्न नसकेपछि नेपाल स्वतः आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा झरेको छ ।

डिभिजन टु प्रतियोगितामा शीर्ष दुईमा पर्ने सके नेपालले २०१९ मा इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपले हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट चरणमा सहभागिता जनाउन पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ