नेपाल हङकङसँग ८३ रनले पराजित

नेपाल हङकङसँग ८३ रनले पराजित

  • शुक्रबार, अशोज २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

 

काठमाडौँ, २७ असोज ।

आइसिसि विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत आज हङकङविरुद्धको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।

हङकङले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको थियो । नेपालले ३४.५ ओभरमा सवै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले २६, आरिफ शेखले २३, ज्ञानेन्द्र मल्लले २१, विनोद भण्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए ।

बलिङतर्फ हङकङका लागि एहेसान खानले पाँच तथा ऐजाज खानले तीन विकेट लिए ।

यसअघि हङकङको मिसनरोड मैदानमा भएको खेलमा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

हङकङका लागि जेमी एट्कीन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ११७ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । टनबीर अफजलले ३८ र कप्तान बाबर हायटले २९ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने तीन तथा वसन्त रेग्मी र करण केसीले समान दुई÷दुई विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ