हालसम्म आइएसबीएन संख्या ४२ हजार वितरण

हालसम्म आइएसबीएन संख्या ४२ हजार वितरण

  • शुक्रबार, अशोज २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ, २७ असोज । 

कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक संख्या (आइएसबीएन) मा अहिलेसम्म ४२ हजार ५१४ पुस्तक दर्ता भएका छन् ।

नेपालबाट प्रकाशित हुने पुस्तकलाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि सो आइएसबीएन नम्बर अनिवार्यरुपमा लिनुपर्ने हुन्छ ।

पुस्तक प्रकाशकले सो आइएसबीएन प्राप्त गरेपछि पुस्तकलाई विश्वबजारमा किनबेच गर्न सकिन्छ । उक्त आइएसबीएनको व्यवस्थाले नेपालबाट के कति पुस्तक प्रकाशित भए भनेर अभिलेख राख्नसमेत सहज हुन्छ ।

सन् २००० मा नेपालले यसको सदस्यता प्राप्त गरेको थयो । त्यसबेला इन्टरनेसनल स्टाण्डर्ड बुक नम्बरको केन्द्रीय कार्यालय जर्मनीमा थियो । केन्द्रीय पुस्तकालयले प्रक्रिया पु¥याएर आउने प्रकाशकलाई त्यस्तो नम्बर वितरण गर्दै आएको केन्द्रीय पुस्तकालयका कमलबहादुर कायस्थले जानकारी दिनुभयो ।

विसं २०५६ माघ २२ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइएसबीएनको शुभारम्भ गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी