कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं–  अन्तर्राष्ट्रिय जोरखानी  खेलकुद महासंघ (आइजेटएसएफ)को सहयोगमा कीर्तिपुर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुने भएको छ।

रंगशाला निर्मााणका लागि कीर्तिपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि त्रिपक्ष्ीाय सम्झौतापत्रमा आइजेटएसएफका अध्यक्ष तथा इरानका निवर्तमान उपराष्ट्रपति डा.मोसिन मेरालिजाहेद, नेपाल जोरखाने  खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरेका हुन्।

रंगशाला निर्माणका लागि विस्तृत प्रतिवेदन(डिपिआर) तयार भएपछि उक्त डिपिआरबाट देखिन आउने कुल लागतको ७५ प्रतिशत रकम आइजेटएसएफले र बाकी २५ प्रतिशत रकम  नेपाल जोरखाने खेलकुद संघले व्यहोर्न छ । रंगशालाका लागि कीर्तिपुर नगरपालिकाले कीर्तिपुर गेटको पूर्वपट्टीको खेल मैदानको जग्गा उपलब्ध गराउने छ।

सम्झौता अनुसार रंगशाला निर्माणका लागि विस्तृत प्रतिवेदन(डिपिआर) तयार भएपछि उक्त डिपिआरबाट देखिन आउने कुल लागतको ७५ प्रतिशत रकम आइजेटएसएफले र बाकी २५ प्रतिशत रकम  नेपाल जोरखाने खेलकुद संघले व्यहोर्न छ । रंगशालाका लागि कीर्तिपुर नगरपालिकाले कीर्तिपुर गेटको पूर्वपट्टीको खेल मैदानको जग्गा उपलब्ध गराउने छ।

मेरालिजाहेद नेपालले अन्तर्राष्ट्रिय जोरखाने खेलमा छोटो समयमा नै हात पारेको उपलब्धि प्रसंशनीय भएको भन्दै उनीहरूलाई सहयोग गर्न पाउँदा हर्षित भएको बताए ।

‘नेपालले हामीसँग अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माणका लागि प्राविधिक र आर्थिक सहयोग गर्न आग्रह गरेको थियो र हामी उनीहरूलाई सहयोग गर्न सहमत भएका छौ,’ मेरालिजाहेदले भने, ‘रंगशाला निर्माणका लागि जग्गा उलपब्ध गराउन  गराउने कीर्तिपुर नगरपालिकालाई विशेष धन्यबाद दिन चाहान्छु । हामी छिटोभन्दा छिटो डिपिआर तयार पारी काम सुचारु गर्छौ । आगामी ५ वर्ष भित्रमा यो परियोजनाले पूर्णता पाउनेमा हामी आशावादी छौ । जोरखाने खेलका लागि नेपाल एक उत्तम स्थान बन्न सक्छ ।’

उक्त सम्झौता आइजेटएसएफको आगामी बोर्ड बैठकले अनुमोदन गर्दै इरानको संसदमा प्रस्तुत गरिने र त्यहाँबाट स्वीकृत भएपछि काम औपचारिक रुपमा अघि बढ्ने बताइएको छ। नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष मानन्धरले आइजेटएसएफ र इरान सरकारको सहयोग अतुलनीय भएको बताए।

‘भूकम्पका कारण भएको एक अन्तर्राष्ट्रिय रंगशाला पनि अव्यवस्थित बनेको छ । निर्माण कार्य अघि बढेको बताइएपनि कामले कहिले पूर्णता पाउने टुंगो छैन,’ मानन्धरले भने, ‘अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशालाका लागि आइजेटएसएफ र इरान सरकारको सहयोग नेपाली खेलकुदका लागि ठूलो उपलब्धि हो । आगामी तीन महिना भित्रै निर्माण कार्य औपचारिक रुपमा सुरु हुनेछ ।’ रंगशाला निर्माणका लागि कुल ९२ करोडको लागत लाग्ने बताइएको छ।

कीर्तिपुर नगरपालिकाका मेयर महर्जनले नेपाली खेलकुदमा सहयोग गर्न पाउदा खुसी भएको बताए । ‘यो नेपाली खेलकुद क्षेत्रमा हाम्रो सहयोगको सुरुवात हो,’ मर्हजनले भने। सन् २००८ मा आइजेटएसएफको सदस्यता लिएको नेपाल विश्व जुरेखानी वरियतामा पाँचौ स्थानमा छ ।

शुक्रबारबाट प्रतियोगिता
नेपाल जोरखाने खेलकुद संघको आयोजना र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ तथा इरान जोरखाने संघको प्राविधिक सहयोगमा शुक्रबारबाट दुई दिने प्रथम दक्षिण एसियाली जोरखाने खेलकुद प्रतियोगिता हुने भएको छ। शनिबार सम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान गरि ८ राष्ट्रका ८० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा टिम इभेन्ट र  व्यत्तिगत १२ विधामा प्रतिस्पर्धा हुनेछ । टिम इभेन्टका लागि एउटा टोलीबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
व्यक्तिगत विधातर्फ साङ, कबाडिच, चार्क पिज, चार्क चामनी, मेलवाजी, मेल सांगीमा प्रतिस्पर्धा हुनेछन् । त्यस्तै रेस्लिङ विधातर्फ ५० –६०, ६०–७०, ७०–८०,८०–९० र ९० केजी माथि गरि विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ