एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई

एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई

  • बिहिबार, अशोज २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं २६ असोज  ।

एएफसी फुटसल च्याम्पियनसिप–२०१८ को क्वालिफायर खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आज राती इरान प्रस्थान गर्दैछ ।

नेपाली फुटसल टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले बिदाई गरे ।

इरान जाने नेपाली फुटसल टोलीमा १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५ अफिसियल रहेका छन् र

यस्तै राष्ट्रिय फुटसल टोलीको अफिसियल किट्सका लगि एन्फाले ‘जर्सी पसल नेपाल‘ सँग सम्झौता गरेको छ ।

नेपालले प्रतिस्पर्धा गर्ने साउथ एण्ड सेन्ट्रल जोनका खेलहरु इरानमा अक्टोबर १५ देखि १७ सम्म सञ्चालन हुँदैछ । नेपाल रहेको समूह ए मा उज्वेकिस्तान, किर्गिस्तान र तुर्क्मिनेस्तान रहेका छन् ।

नेपालले फुटसलको इतिहासमै पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

सुरज राउतको कप्तानीमा रहेको नेपाली टोलीमा १४ खेलाडी छन् । यस्तै, पूर्वराष्ट्रिय फुटबल टोलीका कप्तान राकेश श्रेष्ठ मुख्य प्रशिक्षकका रुपमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ