प्रदेश नम्बर २ का शैक्षिक संस्थामा असोज २ गतेदेखि ५ दिन विदा

प्रदेश नम्बर २ का शैक्षिक संस्थामा असोज २ गतेदेखि ५ दिन विदा

  • सोमवार, भदौ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं २६, भाद्र ।

सरकारले असोज २ गते २ नम्बर प्रदेशमा हुन लागेको स्थतानिय तहको निर्वाचनमा ८ जिल्लाका शैक्षिक संस्थामा ५ दिन विदा दिने निर्णय गरेको छ ।

यस्तै सरकारले मतदान हुने दिन असोज २ गते आठै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सिंहदरवारमा आज बसेको बैठकले आगामी शुक्रवार देखि मतदानको भोली पल्ट असोज ३ गतेसम्म विदा दिने निर्णय गरेको हो ।

अधिकांश विद्यालय तथा कलेजमा मतदान केन्द्र तोकिएको तथा केहीमा मतगणना समेत हुने भएपछि सरकारले ५ दिन विदा दिने निर्णय गरेको हो ।

यस्तै मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृती प्रदान गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पठाइने निर्णय गर्दै मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ ।

यस्तै मन्त्रिपरिषद्ले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई ४ वर्षका लागि राहदानी दिने निर्णय गरेको छ।

त्यसैगरीे भुकम्प पछिको पुनर्निर्माणका लागि दाताको संयुक्त कोष मार्फत विश्व बैंकले उपलब्ध गराउने १ अर्ब ५ करोड अनुदान स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकले हरेक स्थानीय तहमा महिला, बालबालीका तथा समाज कल्याण शाखा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी निदुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी